कांग्रेस आफ्नो किल्ला कसैले भत्काउन नसक्ने दावी गर्दै

पत्रपत्रिकाबाट

सोमबार, २० कार्तिक २०७४, ०७ : ५२
कांग्रेस आफ्नो किल्ला कसैले भत्काउन नसक्ने दावी गर्दै

लमजुङ। मंसिर १० मा हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा लमजुङमा रहेका लोकतान्त्रिक गठबन्धन र बामगठबन्धनबीच आफ्नो ‘किल्ला भत्काउने र बनाउने’ को होडबाजी चलेको छ । २०४८ सालदेखि २०६४ साल सम्म लमजुङमा एकछत्र राज गरेको कांग्रेसले आफ्नो किल्ला कसैले भत्काउन नसक्ने दावी गर्दै आएको छ ।

२०४८ सालमा भएको वाम गठबन्धन होस् या त्यसपछिका हरेक चुनावमा उसले बहुमत प्राप्त गरेको छ । लमजुङमा कांग्रेसका तर्फबाट रामचन्द्र अधिकारी, हरीभक्त अधिकारी र रामबहादुर गुरुङ पटक–पटक सांसद बने । तर, त्यही विरासत २०६४ मा भने कायम रहन सकेन । २०४३ सालदेखिनै हरेक पटक चुनाव लड्दै आएका एमालेका नेता पृथ्वीसुब्बा गुरुङले क्षेत्र नंं २ आफ्नो पोल्टामा पारे । १ नम्बर क्षेत्रमा भने जनयुद्धको रापतापमा आएको माओवादीले चुनाव जितेन मात्रै, कांग्रेस र एमालेको मत जोड्दा समेत उसको मत जति पुग्न सकेन् ।

लमजुङलाई आफ्नो किल्ला दावी गर्र्दै आएको काँग्रेस २०६४ मा भएको संविधान सभाको पहिलो निर्वाचनमा भने दुवै क्षेत्रमा पराजित भयो । क्षेत्र नं. १ मा तत्कालिन एमाओवादीका उम्मेद्वार बुद्धीराम गुरुङले जित निकाले भने क्षेत्र नं. २ मा एमालेका पृथ्बीसुब्बा गुरुङले जित हात पारे ।

२०७० को दोस्रो संविधान सभाको निर्वाचनमा आईपुग्दा क्षेत्र नं. २ मा काग्रेसले पुरानै जितलाई फर्कायो भने क्षेत्र नंं १ मा भने पार्टीभित्रकै अन्र्तघातले गर्दा काँग्रेसका यूवा नेता डा.टकराज गुरुङले पराजय भोग्नुप¥यो । २०७० को निर्वाचनमा काँग्रेसले प्रत्यक्षमा एमालेका उम्मेद्वार जमिन्द्रमान घलेसँग ९ सय मतान्तरले हारेपनि समानुपातिकमा भने २ हजार मत बढी ल्यायो । दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा राज्यको पूर्नसंरचनापछि एक निर्वाचन क्षेत्रमा सीमित भएको छ ।

२०७० पाएको मत र हालै भएका स्थानीय तहमा काँग्रेस र लोकतान्त्रिक गठबन्धनले पाएको मतलाई विश्लेषण गर्दा काँग्रेस लमजुङमा बलियो नै देखिन्छ । हालै भएका स्थानीय तहको निर्वाचनमा काँग्रेसका आधिकारिक उम्मेद्वार, बागी उम्मेद्वार र राप्रपाको मत जोड्दा वाम गठबन्धनले ल्याएको मत भन्दा लोकतान्त्रिक गठबन्धनको मत नै बढी हुन आउँछ । तर, प्रदेशसभा र प्रतिनिधिसभामा फेरी पनि बागी उम्मेद्वारी दिएका द्धारिका मिश्र र उत्तम गूरुङ काँग्रेसको जितका लागि तगारो बनीरहेका छन् ।

स्थानीय निर्वाचनमा धेरै तह जितेको , जिल्ला समन्वय समिति एकलौटी बनाएको बामगठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा दुबैमा एकलौटी जित निकाले उसले पूर्ण रुपमा काँग्रेसको किल्लामाथी धावा बोल्नेछ । काँग्रेसको किल्ला रहेको लमजुङलाई क्रमश फुटाएर घाईते जस्तो बनाएको बामपन्थी अहिले पूर्ण रुपमै आफ्नो किल्ला बनाउन चाहन्छन । तर, निर्वाचन प्राबिधिक रुपमा हारेपनि लमजुङलाई आफ्नै किल्ला झैं ठान्छ, काँग्रेसले ।

स्थानीय तहमा दुबै दल मिल्दै गर्दा पनि बागीको ब्यवस्थापन मात्रै गर्न सकेको भए, लमजुङमा काँग्रेसले बहुमत तहमा जित निकाल्ने अंकगणीतले देखाईसकेको छ । तर, स्थानीय तहबाट पराजयको पीडा भोगेको काँग्रसले प्रदेशसभा र प्रतिनिसभा मार्फत त्यो पीडालाई भुलाउँदै आफ्नो ‘किल्ला’ रहेको लमजुङलाई बामपन्थीको आक्रमणबाट जोगाउन चाहन्छ । दुबै गठबन्धनले आफ्ना आफ्ना दावी गरेपनि प्रदेशसभा र प्रतिनिधिसभाले अब लमजुङ कस्को ‘किल्ला’ रहने निक्र्योल गर्नेछ । नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस