मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, १८ : ५५
मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी

काठमाडौँ । विश्वासको मत लिनुभन्दा एक दिनअघि नेकपा (एकीकृत समाजवादी)ले जनता समाजवादी नेतृत्वको सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री बाहिर रहेकाले उनलाई राजीनामा बुझाउन जनकपुरस्थित सरकारी निवासमा पुगेका नेकपा (एस)का दुईजना मन्त्री कुरेर बसेका छन् ।

एमाले–माओवादी मधेश सरकारबाट बाहिरिए पनि नेकपा (एस) भने सरकारमै थियो । काठमाडौँ पुगेका नेकपा (एस)का दुई मन्त्री गोविन्द न्यौपाने र बेंची लुङेली भने अहिले जनकपुर फर्किएर राजीनामा बुझाउन मुख्यमन्त्री निवास पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस