काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य रहेका छन् ।
समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह