गुलरिया (बर्दिया)। बर्दियामा बाघको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकाय रहेकी छिन् ।
बाँसगढी नगरपालिका-४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका-४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् । उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० जेठ २०८१, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा
बाख्रा चराउन गएका गोठालाको बाघको आक्रमणबाट मृत्यु
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा बाघ