चिनियाँ टोली रेलमार्ग बनाउन स्थलगत अध्ययनका लागि काठमाडौं आउदै

पत्रपत्रिकाबाट

सोमबार, २० कार्तिक २०७४, ०७ : ५०
चिनियाँ टोली रेलमार्ग बनाउन स्थलगत अध्ययनका लागि काठमाडौं आउदै

काठमाडौं । केरुङ-काठमाडौं र काठमाडौं-पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउने भएको छ ।

‘केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा’ शीर्षक दिएर नागरिक दैनिकले समाचारमा लेखेको छ- रेलमार्गको स्थलगत अध्ययनका लागि चिनियाँ उपमन्त्रीसहितको उच्चस्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ ।

मुलुकमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्ने यो टोली चार दिनसम्म अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी शनिबार र्फकने योजना छ ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायलाई उद्धृत गर्दै चीनको नेशनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यीय टोली सोमबार काठमाडौं आउन  लागेका  छन्  । नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस