क्यान्सरका रोगी अझै पुग्न सेकेनन् अस्पताल, १५ प्रतिशतमात्र उपचारको पहुँचमा

सुरेन कुँवर

मंगलबार, ०९ असोज २०७५, १६ : १७
क्यान्सरका रोगी अझै पुग्न सेकेनन् अस्पताल, १५ प्रतिशतमात्र उपचारको पहुँचमा

चितवन । क्यान्सरका ८५ प्रतिशत बिरामीहरु अझैपनि स्वास्थ्य सेवाबाट बाञ्चित रहेको विज्ञहरुले बताएका छन् । हाल नेपालमा १५ प्रतिशत बिरामीमात्र अस्पतालसम्म आईपुग्ने गरेको उनीहरुको भनाई छ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १९ औं वार्षिकोत्सव तथा १४ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसको पूर्वसन्धामा मंगलबार पत्रकारहरुसँगको अन्तत्र्रिmयामा क्यान्सर अस्पतालका विषेशज्ञहरुले यस्तो बताएका हुन् । उनीहरुका अनुसार विभिन्न कारणले अझै पनि ८५ प्रतिशत मानिसहरु अस्पतालसम्म आउन सकेका छैनन् । सचेतना र गरिबीका कारण उनीहरु अहिले पनि स्वास्थ्य संस्थासम्म पुगेका छैनन् ।

क्यान्सर अस्पतालका डा. भोला शिवाकोटीले भन्नुभयो, “उपचार विधि महँगो हुने भएकाले रोगीहरु अस्पतालसम्म आईपुग्दैनन् । अस्पतालसम्म ल्याउन सचेतनामुलक कार्यक्रमलाई व्यापक रुपमा लैजानुपर्छ ।” अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यले यसपटक वार्षिकोत्सव भन्दा पनि क्यान्सर सतर्कता दिवसलाई विशेष महत्वका साथ मनाइने बताउनु भयो । वार्षिकोत्सव समारोहलाई (भोली) बुधबार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपालमा ६० हजार क्यान्सर रोगी
हाम्रो देशको कुल जनसंख्यामध्ये ६० हजार मानिसमा क्यान्सर रहेको अनुमान गरिएको छ । क्यान्सर अस्पताल भरतपुरका अनुसार सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ । त्यसपछि स्तन क्यान्सर, ठुलो अन्द्रा, छाला र आमाशयको क्यान्सरका बिरामी छन् । नेपालमा वार्षिक पाँच हजार नयाँ क्यान्सर रोगी थपिने गरेका छन् ।

एक बर्षमा ५ हजार बिरामीले लिए सेवा
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०१७ मा ४ हजार ९ सय ७५ जना क्यान्सरका बिरामीले उपचार पाएका छन् । नेपालमा साढे ९ हजार क्यान्सरका बिरामी फेला परको र बाँकी साढे ४ हजार क्यान्सरका बिरामीले विदेश वा स्वदेशका अन्य अस्पतालबाट सेवा लिएको हुन सक्ने अस्पतालको भनाई छ ।

आधुनिक जीवनशैली मुख्य कारण
क्यान्सर लाग्नुको मुख्य कारण आधुनिक जीवनशैलीलाई मानिएको छ । गुणस्तरहीन खानपान, शारीरिक व्यायाम नहुनु र बढ्दो प्रदुषणले क्यान्सर रोगीहरु वृद्धि हँुदै गएका छन् । क्यान्सर नसर्ने रोग भएपनि अल्पविकसित मुलुकका मनिसहरु समयमै अस्पतालसम्म पुग्दैनन् । नेपालमा क्यान्सरबाट बार्षिक कति मानिसको मृत्यु हुने गरेको छ भन्ने अहिलेसम्म तथ्याङ्क निकाल्न सकिएको छैन ।

अस्पतालको सेवामा वृद्धि हँुदै
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सन् २०१७ मा एक लाख २५ हजार ४१ जनाले ओपिडि सेवा लिएका छन् । यो संख्या अघिल्लो बर्षभन्दा ३९ हजारले बढी हो । अस्पतालले १ सय ९४ बेडबाट सेवा दिइरहेको भएपनि भदौदेखि बेड थप गरेर ४ सय ५० पु¥याइएको छ । अस्पतालले रेडियोलोजी, ओटी थप गरी यस वर्षदेखि क्यान्सरका बिरामीलाई अन्य अस्पताल रेफर नगर्ने जनाएको छ । अस्पतालले यसअघि बेड र अन्य समस्याका कारण भर्ना गर्नुपर्ने बिरामीलाई सेवा दिन सकेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस