काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्पति सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको विवरणअनुसार १ करोड १२ लाख ४८ हजार बराबरको सुन देखाइएको छ । यी मध्ये अधिकांश सम्पत्ति उनको पत्नीबाट आएको देखाइएको छ । पत्नी निकिताको बुवाआमाबाट र खरिद गरेको गरे लामिछानेको ८० तोला सुन देखाएको छ ।
लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ । उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ ।लामिछानेको श्रीमतीको नाममा बुढानिलकण्ठमा रहेको ३ करोड ७५ लाख रूपैयाँको घर खरिद भएको छ । उक्त घर खरिद विभिन्न व्यवसाय, तलबाट भएको बताइएको छ।
रविको पत्नीको नाममा गोपीकृष्ण कम्प्लेक्समा ८ करोड ७५ लाखको शेयर रहेको ६ । जुन शेयर २५ प्रतिशत हो । ४२ लाखको गाडी दुवैले मिलेर किनेको देखाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस – एमालेलाइ रवि लामिछानेकाे कटाक्ष : फाइल खोलेको २४ घण्टामा सरकार ढल्यो