अन्तराष्ट्रिय उडानतर्फ निगम एउटै जहाजमा खुम्चियो

पत्रपत्रिकाबाट

विहीबार, १३ पुस २०७४, ०६ : ४६
अन्तराष्ट्रिय उडानतर्फ निगम एउटै जहाजमा खुम्चियो

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अन्तराष्ट्रिय उडानतर्फ एउटा जहाजमा खुम्चिएको छ । निगमसँग रहेका तीनथान मध्ये हाल एउटामात्र सञ्चालनमा छ । आजको नागरिकमा सुशील भट्टराइले लेखेका छन् ।

निगमसँग युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित १ सय ५८ सिट क्षमतायुक्त ए३२०-२०० सिरिजका दुईथान र अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त बि७५७-२०० सिरिजको एक गरी तीन जहाज छन् ।
तीमध्ये एटटा ए३२० र बि७५७ जहाज केही दिनदेखि सञ्चालनमा छैनन् ।
बि७५७ को अगाडिको ल्यान्डिङ गियर फेर्न सिंगापुर लगिएको छ भनेएउटा ए३२० भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएर बसेको छ ।

प्रतिक्रिया दिनुहोस