मन्त्रालयको बजेटले लुडो मात्रै खेलाउन सक्ने अवस्था छ : खेलकुदमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, १६ : २८
मन्त्रालयको बजेटले लुडो मात्रै खेलाउन सक्ने अवस्था छ :  खेलकुदमन्त्री  श्रेष्ठ

काठमाडौं। खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सक्ने अवस्था रहेको बताएका छन्।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून रहेको भन्दै उक्त बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सक्ने अवस्था रहेको बताएका हुन्। कम बजेट भएको मन्त्रालयमा खेलकुद पूर्वाधारको माग भने देशको बजेट भन्दा ठूलो रहेको उनले बताए।

मन्त्री श्रेष्ठले बजेट र उपयुक्त नीतिको अभावका काण खेलकुद पूर्वाधारको विकास हुन नसकेको जिकिर गरे। उनले खेलकुद ऐन संशोधनको तयारी भइरहेको भन्दै यसका लागि आवश्यक सुझाव संकलन गर्ने काम समेत जारी रहेको जानकारी दिए।

बैठकमा समिति सदस्यहरुले खेलकुद क्षेत्रमा खेलाडीहरुले पछिल्लो समय निकै राम्रो प्रदर्शन गरेपनि त्यहि अनुसार पूर्वाधारमा सरकारले ध्यान दिन नसकेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस