लाइसेन्स नलिई ई–रिक्सा तथा टेम्पु चलाउनेमाथि कारबाही

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, १३ : ५३
लाइसेन्स नलिई ई–रिक्सा तथा टेम्पु चलाउनेमाथि कारबाही

रौतहट ।  रौतहटमा सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका ई–रिक्सा र टेम्पुहरूमाथि कारबाही गरिएको छ । मंगलबार  जिल्ला प्रहरी कार्यालय तथा गौर ट्राफिक कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले चेकजाँचपछि उनीमाथि कारबाही गरेको हो ।

गौर एरियामा चल्ने ई-रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरूमध्ये सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका २३ वटा  ई-रिक्सा (डाँफे रिक्सा), टेम्पुहरू नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार कारबाही गरिएको प्रहरीको भनाई छ ।

उनीहरूलाई यथाशीघ्र सवारी चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको छ । 

प्रतिक्रिया दिनुहोस