काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीवार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई पर्यटन मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने त्यहाँका सचिव दिपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।
त्यसैगरी वन तथा वातावरण मन्त्रालयका सचिव दिपक खराललाइ कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी), पशुपन्छीका रेवती ‘लाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषि) र कृषि तर्फका सचिव गोविन्द प्रसाद शर्मालाई वनतिर पुर्याएको छ ।
लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
नदी किनारबाट विस्थापित परिवारलाई २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च दिने सरकारको निर्णय
स्विट्जरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका चार मुख्य निर्णय