यौनधन्दामा लागेको भन्दै चार महिनामा २९ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०७५, १५ : १८
यौनधन्दामा लागेको भन्दै चार महिनामा २९ जना पक्राउ

चितवन । अठहत्तरौँ जिल्लाको रुपम चर्चा गरिने चितवन सामाजिक विकृति र अपराधका हिसाबले पनि अगाडि पाइएको छ । पछिल्लो चार महिनामा यौनधन्दामा संलग्न अरोपमा चितवनमा २९ जना पक्राउ परेका छन् ।

सामाजिक विकृतिको रुपमा यौनधन्दा फस्टाउँदै गएपछि प्रहरीले त्यसमा आक्रामक अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जेठबाट सञ्चालन गरेको थ्री एस अपरेसनपछि चार महिनामा चितवनमा यौनधन्दा गर्ने २९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ जना पुरुष र ८ जना महिला रहेका छन् ।

होटलमा यौनधन्दा चलाउन सहयोग गर्ने दुई होटलका सञ्चालकहरुलाई पनि प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकलाई हेर्दा नारायणगढको पुलचोक, पोखरा बसपार्क र केन्द्रीय बसपार्कका होटलहरुमा बढी यौनधन्दा हुने गरेका छन् ।

प्रहरी अनुसन्धानमा विगत १० वर्षको पृष्ठभूमि हेर्दा होटल तथा रेस्टुरेन्ट व्यवसायी, सर्वसाधारण, ट्याक्सी चालक र सामान्य मजदुरी गर्नेदेखि पेसाकर्मी, व्यवसायी, राजनीतिक दलका नेता, मानव अधिकारवादी, महिलाअधिकारकर्मी, सेलिब्रेटीसम्म यौन व्यवसायमा संलग्न रहेको फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस