चालक संघर्ष समितिद्वारा सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०७५, १७ : ३७
चालक संघर्ष समितिद्वारा सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता

काठमाडौं । चालक संघर्ष समितिले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ ।
शुक्रबार सिंहदरबारमा सरकार र  आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच आठ बुँदे सहमति भएपछि  चालक संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको  हो ।   

सहमतिमा सवारी चालकहरुलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्नेदेखि ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृहमन्त्रालयले आवश्यक व्यवस्था मिलाउने समेतका बुँदाहरु समेटिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा भएको ३ घण्टा लामो वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी, गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक,पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी, कानुन सचिव राजीव गौतम सहभागि थिए भने आन्दोलनरत पक्षको तर्फबाट सवारी चालक संघर्ष समितिका संयोजक वसन्त शर्मा, सहसंयोजक अर्जुन अधिकारीसहितको टोली सहभागि रहेको थियो । 
सरकारले आन्दोलनका क्रममा थुनामा रहेका सवारी चालकहरुलाई समेत आजै रिहा गर्ने तयारी गरेको छ । 


 

 

प्रतिक्रिया दिनुहोस