४४८२ जना उम्मेदवारले पाए चुनाव चिन्ह : २६५ जनाको खारेज !

पत्रपत्रिकाबाट

सोमबार, २० कार्तिक २०७४, ०७ : ४४
४४८२ जना उम्मेदवारले पाए चुनाव चिन्ह : २६५ जनाको खारेज !

काठमाडौँ | मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये चार हजार ४८२ जना उम्मेदवाहरुले निर्वाचन चिन्ह पाएका छन् ।

उम्मेदवारी फिर्ताको अन्तिम दिन आज ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले चिन्ह प्रदान गरेको हो ।

कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । उक्त उम्मेदवारहरुको कुल संख्या ४,७४७ कायम गरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जम्मा ४,४८२ जना उम्मेदवारहरुलाई निर्वाचन प्रदान गरेको हो ।

दुई जनाको उम्मेदवारी रद्द, चारजनाको दाबी विरोधबाट खारेज र २५९ जनाले उम्मेदवारी फिर्ता गरेका थिए ।

२६५ जना नाम उम्मेदवारहरुको सूचीबाट हटेको आयोगले जनाएको छ ।

निर्वाचन चिह्न प्रदान गरिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले सोमबारबाट प्रचार प्रसार सुरु गर्न मिल्ने आयोगले जनाएको छ ।

उम्मेदवारहरुको विवरण आयोगको इसीएन मोवाइल एप्स तथा आयोगको रिजल्टडटइलेक्सनडटएनपी बाट थाहा पाउन सकिनेछ । नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस