वासिङ्टन डीसी। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमै झुपुक्क निदाएका छन् । सोमबार ‘हश मनी’सम्बन्धी मुद्दाको पेशीको पहिलो दिनमा म्यानह्याटनको अदालतमा उनी एक पटक होइन दुई पटक निदाएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा समाचार छापिएका छन् ।
ओठ थोरै खुलेको अवस्थामा ट्रम्प टाउको झुकाएर बसेको भन्दै न्यूयोर्क टाइम्सले समाचार छापेको थियो । ट्रम्प निदाएको भन्दा पनि उघेँर बसेको हुन सक्ने पनि बताइएको छ। उनको च्यापुले छातीलाई छोइरहेको थियो ।
आफ्नै वकिलले आफूतिर सारेको नोटतिर पनि उनले ध्यान दिएनन् । ट्रम्प अमेरिकाको इतिहासमा फौजदारी मुद्दा सामना गर्ने पहिलो पूर्व राष्ट्रपति हुन् । ट्रम्प बसीबसी उघिँरहेको भिडियो अदालतको कोठाभित्रको स्क्रिनमा पनि देखिरहेको थियो । लञ्चपछि अदालतको कारबाही सुचारु हुँदा भने ट्रम्प उँघेको देखिएन। आफ्ना वकिलहरूसँगको कुराकानीमा उनी हातको इशाराले कुरा गरिरहेको देखिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलोन मस्कसँगको घनिष्ठ सम्बन्ध समाप्त भयो : राष्ट्रपति ट्रम्प
ट्रम्पले दिए बाइडेनविरुद्ध जाँचको आदेश
युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुने ट्रम्पको चेतावनी
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
डोनाल्ड ट्रम्पले भने- रुस र युक्रेन सम्झौताको धेरै नजिक छन्