डीआईजीद्वय ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, ०८ : ५८
डीआईजीद्वय ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस

काठमाडौ । दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। 

जनपद प्रहरी समूहतर्फका डीआईजीद्वय भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्। 

त्यस्तै प्राविधिक समूह अन्तर्गत इन्जिनियरिङ उपसमूहका  प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उपसमूहका डाक्टर देउती गुरुङलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस