चितवन नवलपुर दाना वितरक संघ अब नेपाल दाना, अण्डा, कुखुरा बितरक संघ

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०७५, २० : १२
चितवन नवलपुर दाना वितरक संघ अब नेपाल दाना, अण्डा, कुखुरा बितरक संघ

गैंडाकोट । हाल चितवन तथा नवलपरासीमा मात्र कार्य क्षेत्र रहेको चितवन नवलपुर दाना वितरक संघले अब नेपाल भर कार्य क्षेत्र हुनेगरी नेपाल दाना, अण्डा, कुखुरा बितरक संघ नाम कायम गरेको छ ।
संघको आज गैंडाकोटमा भएको चौथो साधारण सभाबाट  आगामी दिनमा मुख्य पेशा दाना भइ अण्डा र कुखुराको काम गर्ने व्यवसायीहरुलाई समेत समेट्ने उदेश्यले उक्त नाम परिवर्तन गरेको हो । साथै संघको अव नेपालभरी कार्यक्षेत्र रहेने छ ।
संघका अध्यक्ष श्री तेजनारायण पाण्डेको सभापतित्व र नेपाल कुखुरा व्यवसायी मन्चका अध्यक्ष प्रा। डा। होमवहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नेपाल दाना उद्योग संघ केन्द्रीय समितिका उपाध्यक्ष श्री शंकरप्रसाद कडेंल, नेपाल पोल्ट्री महासंघका सचिव श्री शिवराम के।सी। , पोल्ट्री विज्ञ डा। तीलचन्द्र भट्टराई, केन्द्रीय पशु क्वारेन्टाइनका प्रमुख डा। श्रीराम अधिकारी, नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष श्री त्रिलोचन कडेंल, उद्योग वाणिज्य संघ गैडाकोटका महासचिव श्री छविलाल कडेंल, जिल््ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा। चेतनारायण खरेल र मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष श्री राजु अधिकारीले पाल््ट्री को वर्तमान अवस्था, व्यवसायी हरु बिचको एकता र समन्वय , यस पेशालाई मर्यादित र विकास गर्नका लागिचाल््नु पर्ने कदमहरुका बारेमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।
समुदघाटन समारोहमा कार्यक्रम प्रायोजक त्रिवेणी फिड इण्डष्ट्जि प्रा। लि। का संचालक श्री सन्जय गुप्ताले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष श्री बिनोद पोखरेलले धन्वयाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको संचालन शिवप्रसाद बरालले गर्नु भएको कार्यक्रममा  संघका महासचिव श्री वीरवहादुर गुरुडले प्रगती प्रतिवेदन, प्रस्तुत गर्नुभएको थियो ।
यस संघले स्थापना देखि नै कारोवारलाई व्यवस्थित बनाउन उधारो नियन्त्रण गर्ने, एक जनाले कारोवार गरि रहेको किसान, सप्लायर्स सग अर्को व्यवसायीले कारोवार नगर्ने र कारोवार गर्ने भए पहिलाको हिसाव चुक्ता गर्नु पर्ने जस्ता काम काज गर्दै आएको छ । आगामी दिनमा पनि उक्त कार्य जारी राख्ने, गैर कानुनी आयात नियन्त्रणका लागि पहल गर्ने, दाना, चल््लाको गुणस्तर र मुल्यका बारेमा निरन्तर सम्बाद र छलफल गरी कुखुरा पालक किसानहरुलाई उचित मूल्य पाउने व्यवस्था मिलाउन निरन्तर पहल गर्ने जस्ता विभिन्न प्रस्तावहरु समेत पारीत गरेको छ ।

प्रतिक्रिया दिनुहोस