कांग्रेसले बोलायो संसदीय दलको बैठक

सफल खबर संवाददाता

शनिबार, ०१ बैशाख २०८१, १६ : ३४
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतवार बस्ने भएको छ ।नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारले संसद्को चालू अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस