काठमाडौँ । गृह मन्त्रालयले विना अनुमति हिँड्डुल गर्ने विदेशी नागरिकको सूक्ष्म निगरानी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले ७७ वटै जिल्लाका सिडिओलाई पत्र पठाएर कतिपय विदेशी नागरिक विनाप्रवेशाज्ञा हिँड्डुल गर्ने गरेको भन्दै विदेशी नागरिकको कानूनविपरीतका गतिविधिको सूक्ष्म निगरानी गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको हो ।
विभिन्न जिल्लामा धर्म प्रचार(प्रसार तथा धर्म परिवर्तनको नाममा विभिन्न व्यक्ति तथा संस्थाले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको र त्यस्ता धार्मिक प्रशिक्षण कार्यक्रममा सहभागी भएका विदेशी नागरिकले गैर कानुनी रूपमा धर्म प्रचार(प्रसार तथा धर्म परिवर्तन गर्ने कार्यमा समेत संलग्न भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन