काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा हालै काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
बैठकको सुरुआत गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही घाइते हुने दुखद घटना भए पनि समग्रमा प्रदर्शन सफल भएको भएको ब्रिफिङ गरे।पार्टी र एजेन्डाको पक्षमा सकारात्मक सन्देश गएको र राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भएको जिकिर उनले गरे।
अहिले कार्यसम्पादन समिति सदस्यहरूले आफ्नो धारणा दिने क्रम जारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा