काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा घात अन्तर्घात नगरी एक्लै बहुमत ल्याउन सक्नेगरी अघि बढ्नुपर्ने बताएका छन् । भक्तपुर कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै देउवाले एक्लै चुनाव जितेर बहुमत ल्याउने दिशामा अघि बढ्नुपर्ने बताएका हुन् ।
‘एक्लै जित्न सक्ने पार्टी, बहुमत ल्याउन सक्ने पार्टी बनाउनुपर्ने हाम्रो लागि अपरिहार्य भएको छ । त्यसैले पार्टीका साथीहरू एक भएर लागौं । आपसी कलह त्यागौं । सहमति, समझदारी कायम गरौं’ देउवाले भने, ‘देशभर पार्टी जित्न आवश्यक छ ।
घात अन्तर्घात नगरी एक भएर लागेर बहुमत ल्याउन कम्मर कसेर लाग्न हार्दिक अनुरोध गर्दछु ।देउवाले भक्तपुर ऐतिहासिक ठाउँ रहेको भन्दै यसको अझै प्रचारप्रसार आवश्यक भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
देउवाले गरे राज्य प्रशासन विभागमा १० सदस्यहरू मनोनयन
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
सभापति देउवाद्वारा डङ्गोलको निधनप्रति दुःख व्यक्त
परिवारसहित थाइल्याण्ड उडे सभापति देउवा