२३ औं वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले गर्‍यो रक्तदान कार्यक्रम

सफल खबर संवाददाता

शुक्रबार, २३ चैत्र २०८०, १२ : १५
२३ औं वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो २३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त  गरेको छ ।

 

बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ ।वार्षिकोत्सवको अवसरमा गरिएको कार्यक्रममा १४५ जनाले रक्तदान गरेका बैंकले जनाएको छ ।

यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्त्वपूर्ण योगदान पुग्ने बैंकको विश्वास छ ।

यसका साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्त्वलाई उजागर गर्न ‘परम्परागत भेषभूषा’  पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ ।यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मदत पुर्‍याएको छ ।

विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्य शक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ ।यस पहल मार्फत, बैंकले ‘सबैका लागि सधैंका लागि’ भन्ने मूल उद्देश्य भित्र रहेर आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ६६ शाखारहित बैंकिङ्ग सुविधा तथा ५० एक्स्टेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू प्रवाह गर्दै आएको छ ।आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गरी नेपालको बैंकिङ्ग जगतलाई डिजिटल बैंकिङ्ग तर्फ अग्रसर गराउन कुमारी बैंक लिमिटेड प्रतिबद्ध छ ।

प्रतिक्रिया दिनुहोस