काठमाडौ । उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बुधबार पनि बस्दैछ ।
मंगलबारको बैठक निष्कर्षविहीन बनेपनि बुधबार पुनः बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका छन् । तर, सभापति देउवाको उक्त प्रस्तावमा इतरपक्षले असहमति राखेको बताइएको छ ।
इतर पक्षबाट इलाम— २ मा भेषराज आचार्य र बझाङमा जगत जोशीको नाम आएको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले दिउँसो २ बजे बैठक बोलाइएको र त्यसपछि संसदीय बोर्डको बैठक बसेर निर्णय अनुमोदन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?