माओवादी संसदीय दलको बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १६ : २६
माओवादी संसदीय दलको बैठक सुरु

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । एमालेसहितका नेताहरूको बैठक विना निष्कर्ष टुंगिएसँगै मुख्यमन्त्री निवासमा माओवादी संसदीय दलको बैठक सुरु भएको हो ।

संसदबाट विश्वासको मत लिने विषयमा निर्णय गर्नका लागि बैठक बसिरहेको नेताहरुले बताएका छन् ।  यसअघि शीर्ष नेताहरूबिचको बैठक सकारात्मक  भएको नेताहरूले दाबी गरेपनि निष्कर्ष निस्किन सकेको छैन ।मुख्यमन्त्री राजकुमार शर्माले संसद् फेस गर्न चाहिरहेका छन् भने एमाले त्यसअघि नै राजीनामा चाहिरहेको छ ।

प्रतिक्रिया दिनुहोस