गृहमन्त्री लामिछानेले जर्मन राजदूतसँग राखे जर्मनी जाँदा नेपाली विद्यार्थीले भोग्नुपरेका समस्या

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १५ : ४३
गृहमन्त्री लामिछानेले जर्मन राजदूतसँग राखे जर्मनी जाँदा नेपाली विद्यार्थीले भोग्नुपरेका समस्या

काठमाडौं। उपप्रधान एवंं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच भेटवार्ता भएको छ ।मंगलवार गृह मन्त्रालयमा भएको भेटघाटका क्रममा राजदूत प्रिन्जले नेपालको अध्यागमन प्रशासन सुधार गर्नका लागि अत्यावश्यक देखिएको ई–गेट निर्माणमा सहकार्य गर्न खोजिएको जानकारी दिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

 

गृहमन्त्री लामिछानेले जर्मनी जान इच्छुक नेपाली विद्यार्थीका लागि अध्ययन र काम सँगसँगै गर्न मिल्ने गरी भोकेसनल ट्रेनिङमा पठाउने विषयमा श्रम, शिक्षा र गृह मन्त्रालयबीच समन्वय हुन नसक्दा अध्यागमनबाट फर्कन परेको गुनासो राखे ।

गृहमन्त्री लामिछानेले अध्यागमनलाई अत्याधुनिक बनाइ नेपाल भित्रने पर्यटकको आकर्षण र सीमा अपराध न्यूनीकरण गर्नका लागिसमेत ई–गेट (सफ्टवयर र हार्डवयर) तर्फ सुधार आवश्यक भएकाले सो सम्बन्धमा अध्ययन र छलफल गरी निष्कर्षमा पुगिने बताए ।

 

 

भोकेसनल ट्रेनिङमा जान इच्छुक विद्यार्थीका लागि आवश्यक समन्वय गरी सहजीकरण गरिने उनले बताए ।राजदूत प्रिन्जले घनिष्ठ सम्बन्ध रहेको देशको नाताले अनन्तकालसम्म साझेदारी, समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस