काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलाहरूले कम्मर कसेको खण्डमा पार्टीले बहुमत ल्याउने बताएका छन् । मंगलादेवी सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महिलाको योगदान नभइकन पार्टीले बहुमत प्राप्त गर्न नसक्ने बताए ।
‘महिला सशक्तीकरणको कार्यक्रम छ । महिला सशक्तीकरणले पार्टीलाई बहुमत प्राप्त हुन्छ । महिला सच्चा मानेमा क्रियाशील भएमा पुरापुर बहुमत ल्याउन सक्ने पार्टी बन्छ। महिलाहरूले कम्मर कसेको खण्डमा अवश्य बन्नेछ,’ उनले भने ।
मंगलादेवी सिंह महिला अधिकारका लागि लडेको भन्दै अहिले महिलालाई अधिकार मिलेको सभापति देउवाको भनाइ छ ।
‘हाम्रो संविधानले पछाडि परेका दाजुभाइ दिदी बहिनीलाई अधिकार दिएको छ । महिला अधिकारका सवालमा हाम्रो संविधान संसारका संविधानभन्दा उत्कृष्ट छ । हाम्रो पार्टीको विधानमा पनि नेपालकै संविधानको अनुसरण गरेर समावेशी बनाएका छौँ । हाम्रो पार्टी पूर्ण रुपमा समावेशी छ,’ उनले भने ।
नेपाली कांग्रेस संसद्मा सबैभन्दा ठुलो भए पनि बहुमत प्राप्त गर्न नसकेको देउवाले बताए । ‘वास्तवमा भन्ने हो भने बहुमत प्राप्त गर्न पनि सजिलो छैन । समावेशी समानुपातिक अवधारणमा संविधान बनेकाले बहुमत आउन गाह्रो छ । यसका बाबजुद पनि हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी छ । भोलि बहुमत ल्याउन सक्ने पार्टीका रूपमा हामीले स्थापित गर्नु छ । त्यसका लागि महिलाहरूको धेरै ठुलो योगदान हुन्छ ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, १७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
राजावादीको आन्दोलन पतन भइसक्यो, प्रदर्शनको कुनै अर्थ छैन : देउवा
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
धर्मनिरपेक्षको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा