काठमाडौ । ११ दिनको स्थगितपछि प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ ।
जसअनुसार सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ चैत्र २०८०, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाबाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदै
संसदमा सोविताको प्रश्न-‘मैले बोलेको कुरा जिम्मा लिन्छु, कसैले नबुझ्दैमा मेरो भनाइ हटाउनुपर्ने' ?
सोवितालाई सुनिताको जवाफ-‘तपाईँहरूलाई नेपाली भाषा र परिभाषा पढाउन सक्षम छौँ’
सोबिताको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग
सुशासनका लागि ट्रेड युनियन सबैभन्दा ठूलो बाधक हो” : अमरेशकुमार सिंह
प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित