काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले दूधको भुक्तानी पठाउन शुरू गरेको बताएका छन् । शनिबार इलाम बजारमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासँगको अन्तरक्रिया उनले दुग्धजन्य पदार्थको अवैध आयात नियन्त्रणमा काम भइरहेको समेत बताए ।
अन्य मुलुकका अखाद्य बस्तुले बजारले भरिने र नेपाली किसान मारमा पर्ने अवस्थाको सरकारले अन्त्य गर्ने उनले बताए । 'सरकारले दूधको भुक्तानी पठाउन शुरू गरेको छ। अवैध आयात नियन्त्रणमा काम भइरहेको छ,' उनले भने, 'अन्य मुलुकका अखाद्य बस्तुले बजारले भरिने, हाम्रा किसान मारमा पर्ने अवस्थाको अन्त्य गर्न सरकारले काम गर्छ।'
सबैको एक-एक होइन, एक-एकका सामूहिक (साझा) ऐजेण्डामा काम गर्न आवश्यक रहेको उनले बताए । चुनाव र भोट बैंकको हिसाब गर्दा कहीँ काम नहुने उनले बताए । ' चुनाव र भोट बैंकको हिसाब गर्ने हो भने त कहीँ काम हुँदैन । वडाध्यक्ष र प्रधानमन्त्रीलाई गर्ने माग र प्रश्न एउटै हुन्छ । किनकी तत्तत् निकायले नागरिकका समस्या/गुनासो सुनेनन्। यसमा सुधार गर्नुपर्छ,' उनले भने ।
स्थानीयले सीमा क्षेत्रमा रहेका चौकीका भवन जीर्ण रहेको, बीओपी संख्या र जनशक्तिको अभाव रहेको गुनासो गरेका थिए । सीमा क्षेत्रका नागरिक भारतीय बजारमा आश्रित रहेको तर, तर, एक बोरा चामल र एक केजी चिनी ल्याउन नपाइने अवस्था रहेको उनीहरूले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, १३ : २०
लेखकबाट थप