काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सीमा क्षेत्रमा देखिएका समस्या चाँडै समाधान गर्ने बताएका छन् । त्यसका लागि दुई पक्षीय प्रयास भइरहेको उनको भनाइ छ ।इलाम बजारमा शनिवार बिहान स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
'सीमा क्षेत्रमा देखिएका समस्या समाधानमा दुई पक्षीय प्रयास हुन्छ', उनले भने, ' पशुपतिनगरमा भारतीय अध्यागमन अफिस र दशगजामा भौतिक संरचना निर्माणबारे भारतीय राजदूतसँगको भेटमा छलफल भएको छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, १३ : ११
लेखकबाट थप