इलाम-२ मा राप्रपाको उम्मेदवार लक्ष्मी गुरुङ

सफल खबर संवाददाता

विहीबार, १५ चैत्र २०८०, १३ : ३०
इलाम-२ मा राप्रपाको उम्मेदवार लक्ष्मी गुरुङ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय बोर्ड बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

इलाम-२ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।  राप्रपा युवा नेता गुरुङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका थिए । उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस