काठमाडौं। देशको अर्थतन्त्रको समस्या समाधानका लागि नेपाली कांग्रेसले वैशाखमा आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ ।बीपी कोइरालाको मन्त्रिपरिषदमा अर्थमन्त्री रहेका कांग्रेस संस्थापकमध्येका एक सुवर्ण शमशेरको नाममा कांग्रेसले आर्थिक सम्मेलन आयोजना गर्न लागेको हो ।
बिहीबार नवलपरासीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले वैशाख मसान्तमा आर्थिक सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् ।‘सम्भवतः वैशाखको मसान्तमा हुनसक्छ, सुवर्ण शमशेर आर्थिक सम्मेलन गर्ने तयारी गरेका छौं ।
जुन सम्मेलनमार्फत देशको आर्थिक संकटबारे वृहत् छलफल हुनेछ,’ महामन्त्री थापाले भने, ‘बैंकमा पैसा थुप्रिँदा पनि उद्योग गर्नु टाट पल्टिनु हो । पैसा राख्दा ब्याज आउँछ भन्ने मानसिकता अन्त्य गरेर पैसा कसरी चलाउने, कसरी गराउने भन्नका लागि र देशलाई निकास दिनका लागि सम्मेलनको तयारी गरिरहेका छौं ।
कांग्रेस सरकारमा सहभागी भएपनि/नभएपनि देशको प्रमुख राजनीतिक शक्तिको नाताले अर्थतन्त्रको समस्या समाधान गर्नका लागि जिम्मेवारी लिन थालेको उनले बताए । ‘देश अप्ठ्यारोमा अवस्थामा रहेको बेला पार्टी सरकारमा सहभागी भएपनि नभएपनि अस्तव्यस्तताबाट बाहिर निकाल्ने हाम्रो जिम्मेवारी हो,’ थापाले भने ।
महामन्त्री थापाले वर्तमान सरकार लामो समय नटिक्ने दाबी गर्दै कांग्रेस फेरि सरकारको नेतृत्वमा फर्किने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ चैत्र २०८०, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?