इलाम । इलाम–२ मा वैशाख १५ गते हुने उप निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै उम्मेदवार चयन गरेको छैन ।
मतदाताको भावना बुझ्न महामन्त्री विश्वप्रकाश शर्मा आफैं निर्वाचन क्षेत्रमा खटिएका छन् । अहिले मतदाताको आकाङ्क्षा र भावना बुझ्ने काम भइरहेको उनले बताए । ‘हामीले पार्टीका नेता तथा मतदातासँग उम्मेदवार छनोट र कसरी जीत निकाल्ने भनेर छलफल गरिरहेका छौ,’ उनले भने, ‘२० गतेसम्म उम्मेदवारको टुंगो लगाउँछौ ।’
एमालेले भने उम्मेदवार टुंग्याएर मैदानमा पठाइसकेको छ । सत्ता गठबन्धन मै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि उम्मेदवार उठाउने भएका छन् । एमालेले इलाममा सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ ।
इलाम क्षेत्र नम्बर २ को राजनीतिक अवस्था बुझ्न प्राध्यापकहरू खटाइएको शर्माले बताए । ‘हाम्रो अवस्थाको अध्ययन गर्न प्राध्यापकहरूलाई खटाएका छौं । उहाँहरूले १९/२० गतेतिर अध्ययनको प्रतिवेदन हामीलाई बुझाउनुहुन्छ । अनि हामी उम्मेदवारको टुंगो लगाउँछौ,’ उनले भने ।
कांग्रेस कोशी प्रदेश समितिले इलाम २ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ चैत्र २०८०, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?