काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कतिपय प्रदेश र जिल्ला कमिटीहरु पार्टी केन्द्रले तर्जुमा गरेको ११ बुँदे कार्य योजनाअनुसार काम नगरेको बताएका छन् । उनले कार्य योजना नबनाई पटके निर्णय गरेर काम गर्ने गरेको पाइएको भन्दै यसले कमिटीहरू निष्क्रिय हुँदै जाने खतरा रहेको बताए ।
मंगलबार एमाले बागमती प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले केन्द्रको कार्य योजनाको जगमा प्रदेशको कार्य योजना, प्रदेशको कार्य योजनाअनुसार जिल्ला र जिल्ला र प्रदेशको कार्य योजनाअनुसार पालिकाहरूको कार्य योजना बन्नुपर्नेमा त्यस्तो नभएको बताएका हुन् ।
‘सबै तहका कमिटीहरू त्यही वार्षिक कार्य योजनाको दिशाअन्तर्गत परिचालित हुनपर्दछ भन्ने निर्देशन गर्यौँ’, महासचिव पोखरेलले भने, ‘तर अस्ति केन्द्रीय कमिटीको बैठकमा समीक्षा हुँदा प्रदेशले अधिवेशनको तयारी गर्ने भन्ने नाममा कार्य योजना नै बनाएन । कतिपय प्रदेशले कार्य विभाजन पनि गरेनन् ।
उनले कार्य योजना पनि नबनाउने र कार्यविभाननज पनि नगर्दा पार्टी कमिटी निष्क्रिय बनेको बताए । त्यस्तै उनले जिल्ला कमिटीले पनि समय हुँदाहुँदै अधिकांश जिल्लाले पदाधिकारी बैठक बसेर पटके निर्णय गरेको पाइएको बताए ।
‘पार्टीले बनाएका योजनाअनुसार हाम्रा कमिटीहरू योजनाअनुसार परिचालित नभएको देखियो । यो बागमतीको हकमा देखिनुहुँदैन’, महासचिव पोखरेलको निर्देशन छ । उनले अधिवेशनका बेला कमिटीमा बस्नेहरूको घुइँचो लाग्ने गरे पनि काम गर्ने र नगर्ने मान्छे छान्न सक्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महासचिव पोखरेल बेलायत प्रस्थान
एमालेले राम्रो काम गरेकै कारण चौतर्फी आक्रमण भइरहेको छ : शंकर पोखरेल
जनताको असन्तोषलाई समस्या मान्नु हुँदैन : महासचिव पोखरेल
शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह, भन्छन्- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔँ
पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल
सामाजिक सञ्जाल दुरुपयोग र साइबर अपराध रोक्न विधेयक आयो, गलत अर्थ लगाएर विरोध नगरौं : महासचिव पोखरेल