काठमाडौँ । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १५ गते हुने उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रिक्त प्रतिनिधिसभाको इलाम २ मा सुहाङलाई उम्मेदवार बनाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेका तत्कालीन उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि इलाम २ खाली थियो । सुहाङ सुवासचन्द्रका कान्छा छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो