काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई पक्राउ गरेरै छाड्ने बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले जीवी राई दोषी हो भने कारबाही भोग्नैपर्ने बताए ।
‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउँछौँ, समय लाग्ला कसले भगायो त्यो पनि खोज्छौँ’, उनले भने । लामिछानेले आफ्नो जीवी राईसँग कुनै सम्बन्ध नरहेको बताए । ग्यालेक्सी टेलिभिजनमा जीवी राईसँग काम गरेको र टेलिभिजन छाडेपछि उनीसँगको नाता सकिएको उनले बताए । उनले आफूलाई अनावश्यक रुपमा जीवी राईसँग जोडिएको पनि गुनासो गरे ।
‘जीवी राई जीवी राई म रवि लामिछाने हो, जीबी राई जोडिएको हरेक ठाउँमा रवि लामिछाने हुँदैन । ऊसँग टेभिजिनमा काम गरेको हुँ, टेभिजिनमै मेरो नाता सकिएको हो, त्योभन्दा बाहेक कहीँ कतै पनि छैन, ऊ दोषी रहेछ भने उसले सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट