काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको छ ।
गृह मन्त्रालयले विहिबार यसअघि चैत्र ६ मा तयार गरिएको परिपत्रको मस्यौदालाई सच्याएर परिपत्र गरिएको जानकारी दिएको छ ।
यसअघि पठाइएको २१ बुँदे निर्देशनको दुई नम्बर बुँदामा सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण सम्बन्धी उल्लेख गर्दै त्यसमा अनलाइन न्युज पोर्टल समेत उल्लेख गरिएको थियो ।
सार्वजनिक भएको निर्देशनमा अनलाइन न्युज पोर्टल, फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल, आधारहीन, भ्रामक सन्देशहरू प्रचार प्रसार गर्ने, जातीय सांस्कृतिक सद्भाव भड्काउने, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतामा आँच आउने सामग्री राख्ने, कुनै व्यक्तिको गोपनीयताको हक अतिक्रमण गर्ने, सार्वजनिक प्रतिष्ठा र सम्मानमा नोक्सान पुग्ने गरी अभिव्यक्ति दिने, अश्लिलता प्रवर्द्धन गर्ने जस्ता कार्यहरू नियन्त्रण गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक/एक जना अधिकृतस्तरको कर्मचारी खटाई डेस्क सञ्चालन गर्ने उल्लेख छ । यसैगरि यस प्रकारका कार्यमा संलग्न उपर प्रचलित कानुन बमोजिम कारबाही गरी सोको सार्वजनिकरण गर्ने समेत उल्लेख छ ।
चौतर्फी आलोचनापछि गृहमन्त्रालयले यस अघि उल्लेख भएको सो बुँदा हटाएर विहिबार परिपत्र गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक
गृह मन्त्रालयले गर्यो २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)