काठमाडौँ । आउँदो वैशाख १५ गते हुने इलाम २ को उप निर्वाचनको चहलपहल बढ्दै गइरहेको छ । राजनीतिक दलहरूले उम्मेदवारको सिफारिस धमाधम गरिरहेका छन्।
यसै सिलसिलामा चैत १७ गते उम्मेदवारको नाम सार्वजनिक कार्यक्रमका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वयम इलाम जाने भएका छन् ।
‘सभापतिज्यू इलाम आएर उम्मेदवारको नाम सार्वजनिक गर्ने र निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ,’ रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘सभापतिज्यूले पार्टीका शुभचिन्तक, कार्यकर्ता, व्यवसायी र पत्रकारहरूसँग भेटघाट गर्नुहुन्छ, सभा गर्ने भन्ने तयारी हालसम्म चाहिँ छैन ।’
निर्वाचन आयोगले उपनिर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गर्दै चैत १४ देखि चैत २४ गतेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ । रास्वपाले चैत ६ गते देखि चैत १४ गते दिउँसो १ बजेसम्म इलाम २ मा उम्मेदवारको आकांक्षीका लागि आवेदन माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट