काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको चार दिनको म्याद आज सकिँदैछ।
महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति माग्ने तयारी सीआइबीले गरेको छ। यसअघि हिजोदेखि सरकारी वकिलसमक्ष महराको बयान सुरु भएको छ। बयानका लागि हिजो सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएका महराको आज पनि बयान जारी रहने सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।
सुन तस्करी प्रकरणमा महरा सोमबार पक्राउ परेका थिए। उनी हिजो बिहान बयानका लागि अस्पतालबाट निस्किएका थिए भने बयान सकेर पुनः नर्भिक अस्पतालमै भर्ना हुन पुगेका थिए। काठमाडौं जिल्ला अदालतले महरा बिरामी रहेको भन्दै अस्पतालमा राख्न आदेश दिएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार मुद्दामा कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ