काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि र राष्ट्रिय सभाको बैठक एकै पटक राख्दा आफूलाई समय मिलाउन अप्ठ्यारो भएको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा प्रि–बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिन रोष्ट्रम पुगेका अर्थमन्त्री पुनले यस्तो गुनासो गरेका हुन् ।
दुवै सभाको बैठकमा प्रि–बजेट छलफल भइरहेको छ । यसले गर्दा एउटा हाउसमा भएको छलफल सुन्दा अर्को हाउसको छुटाउनुपरेको उनले बताए ।‘राष्ट्रिय सभामा भएको बहस सुन्न, सहभागी हुन र टिपोट गर्न केही व्यावहारिक कठिनाइ भयो । म प्रतिनिधि सभामा थिएँ । राष्ट्रिय सभा आउन निस्केको थिएँ खोजी भएपछि बाटोबाटै उतै फर्किएँ’ अर्थमन्त्री पुनले भने ।
आगामी दिनमा यसरी एकै समयमा दुई वटा सभाको बैठक नबस्ने गरी मिलाउन पनि उनले संघीय संसद् सचिवालयको ध्यानाकर्षण गराएका छन् । प्रि–बजेट छलफलमा अर्थमन्त्री सहभागी नभएको भन्दै प्रतिनिधि सभामा राप्रपा सांसद बिना लामाले प्रश्न उठाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने