कुमारी बैंकले शुरू गर्‍यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, ११ : ५४
कुमारी बैंकले शुरू गर्‍यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

काठमाडौँ। कुमारी बैंक लिमिटेडले रिकरिङ्ग निक्षेप क्याल्कुलेटरको सेवा शुरूवात गरेको छ ।विगत २५ वर्षदेखि बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको बैंकले आफ्नो नवीनतम डिजिटल उपकरण वेबसाइटमा उपलब्ध भएको जानकारी दिएको छ ।

बैंकका अनुसार ‘ग्लोबल मनी वीक’को १२ औं संस्करणको अवसरमा सेवाको शुभारम्भ गरिएको हो ।‘ग्लोबल मनी वीक’ एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो ।

जसले युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरूको पहिचान र सो समाधानका उपायहरू सिकाउने गर्दछ । कुमारी बैंक लिमिटेड पनि यस अभियानमा जोडिएको छ ।

प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्ने बैंकको विश्वास छ ।​

बैंकका अनुसार यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ । जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधि र रकम मात्र राखेर यसबाट निश्चित भविष्यमा जम्मा हुन सक्ने बचत, सो बचतबाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरू अनुमान गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस