विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, ०५ चैत्र २०८०, ११ : ५७
विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभाजित एनआरएनएलाई मिलाउन पहल गर्ने बताएका छन् । उनले एनआरएनए एकजुट नहुँदासम्म लक्ष्य पूरा हुन नसक्ने भन्दै सोहीअनुसार गम्भीर हुन समेत आग्रह गरे । 

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक पक्षका अध्यक्ष राजेन्द्र कुमार शर्मासहित पदाधिकारीहरूसँगको भेटमा पराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । काठमाडौं महाधिवेशनबाट शर्मा अध्यक्ष निर्वाचित भए पनि त्यो महाधिवेशन नै विवादित छ । त्यसबारे छानबिन गर्न बनेको समितिले रिपोर्ट समेत सरकारलाई दिइसकेको छ । 

अध्यक्ष शर्मासहितको टोलीले आफूहरू महाधिवेशनबाट निर्वाचित भए पनि विवादित बनाइएको भन्दै सरकारले न्याय दिनुपर्ने माग गरेका थियो । उनीहरूले रसियामा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आग्रह गरेका छन् भने मध्यपूर्व र विश्वभरका गैरआवासीय नेपालीको मुद्दामा मन्त्रालयकोतर्फबाट पहलकदमी लिइदिन समेत अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस