देउवाले गठन गरेको नेविसंघ तदर्थ समितिमा चितवनका आकाश उप्रेती थपिए

सफल खबर संवाददाता

शनिबार, ०३ चैत्र २०८०, १६ : ४१
देउवाले गठन गरेको नेविसंघ तदर्थ समितिमा चितवनका आकाश उप्रेती थपिए

चितवन। नेपाल विद्यार्थी संघको तदर्थ समितिमा चितवनका आकाश उप्रेतीसहित विभिन्न जिल्लाका ४१ जना थप भएका छन् ।यसअघि ७११ सदस्यीय रहेको नेविसंघको तदर्थ समितिमा ४१ जना थप भएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको गत वर्ष ९ चैतमा बसेको केन्द्रीय समिति बैठकले दुजाङलाई एक वर्षभित्र अधिवेशन गर्ने समयसीमा तोकेर अध्यक्षको जिम्मेवारी दिएको थियो । त्यसपछि २२ साउन २०८० मा ७१० जनालाई तदर्थ समितिको सदस्य मनोनित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस