सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउँनुपर्छ : सांसद केसी

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १२ : ४५
सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउँनुपर्छ : सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको बताएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । 

उनले भने, ‘देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको छ । साढे ३३ किलो तस्करीबारे छनाबिन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेललेको अध्यक्षतामा समिति गठन भएको थियो । तर ७ सय ५२ पेजको उक्त प्रतिवेदन गायब गरियो । अहिले ४ सय २५ पेजको डिल्लीराम आचार्यको प्रतिवेदन आएको छ । यो पनि त्यसरी नै हराउने काम नहोस् । जो दोषी छन्, उनीहरूमाथि कारबाही होस् ।’

उनले देशकै सबैभन्दा भ्रष्टाचारको ठुलो काण्ड एनसेल प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे । 

प्रतिक्रिया दिनुहोस