काठमाडौं । नेपाली कांग्रेसले रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान भइरहेको भन्दै उपप्रधान तथा गृहमन्त्री बनाएकोप्रति विरोध जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले अनुसन्धान घेरामा रहेका व्यक्तिलाई नै गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डमाथि असन्तुष्टि जनाए।
उनले भने- अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको छ। अर्कोतिर अनुसन्धान प्रभावित हुने आशंका बढाएको छ।
सहकारीको आदर्श विपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, शेयर सदस्य नै नभएको व्यक्तिले पाएको ऋणलगायत सघन आरोपले घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिको दोषीलाई कसरी कानूनी कारबाहीको दायरामा ल्याउनुहुन्छ।
उनले सरकारी समस्याको समाधान र विवादित व्यक्तिको नियुक्तिको विषयमा प्रधानमन्त्री प्रचण्डको धारणा माग गरे।
उनले थपे- कतै गृहमन्त्रीको पोजिसनलाई रक्षाकवच बनाएर एक दुई करोड मात्रैको अभियोग लागेका तपाईँलाई शिखण्डीको भूमिकामा अघि सारेर दशौँ अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको तपाईं जानी नजानी हतियार र बनिराख्नुभएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?