जनमतले इलाम र बझाङमा आफ्नो उम्मेदवार उठाउने

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, १३ : २६
जनमतले इलाम र बझाङमा आफ्नो उम्मेदवार उठाउने

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आसन्न उपनिर्वाचनमा इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) मा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ । मंगलबार बसेको जनमत पार्टीको सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

बैठकले नयाँ बनेको गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरतसिंह भण्डारीले बताए । साथै सप्तरीमा २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनमाथि छलफल गरेको छ । 

माघ ८ गते मधेस कृषि विश्व विद्यालयको भवन निर्माणको शिलान्यास गर्ने क्रममा भएको झडपमा जनमत पार्टीका तत्कालीन मधेस प्रदेशका शिक्षा मन्त्री महेश यादवलगायत अन्य नेताहरू घाइते भएका थिए ।जसपाका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले सो भवनको शिलान्यास गरेका थिए । जनमतले त्यसको विरोध गरेपछि झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस