राष्ट्रिय पुँजी निर्माण गरेर मात्रै विकास र रोजगारी सिर्जना गर्न सकिन्छ : सीके राउत

सफल खबर संवाददाता

सोमबार, २८ फागुन २०८०, १६ : २६
राष्ट्रिय पुँजी निर्माण गरेर मात्रै विकास र रोजगारी सिर्जना गर्न सकिन्छ : सीके राउत

बुटवल  । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राष्ट्रिय पुँजी निर्माण गरेर मात्र विकास र रोजगारीको सिर्जना गर्न सकिने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश समिति कार्यालयको आज भैरहवामा उद्घाटन गर्दै डा.राउतले समाजवाद उन्मुख भनेर मात्र नहुने भन्दै त्यसलाई व्यवहारमा ल्याउनुपर्ने बताए ।

उनले शिक्षा र स्वास्थ्य राज्यले हेर्नुपर्ने र उद्योग धन्दा निजी लगानीमा सञ्चालन गर्न दिनुपर्ने बताए । उनले देशको अवस्थाको कारणले बिदेसिएका युवाहरूलाई स्वदेशमै फर्काउन सकिने वातावरण बनाउन राज्यले स्पष्ट नीति ल्याउनुपर्ने बताए । उनले मुलुकको व्यवस्थामा परिवर्तन आए पनि जनताको अवस्थामा खासै परिवर्तन आउन नसकेको समेत सो क्रममा बताए । 

कुन पार्टीले कति सिट ल्यायो भन्ने विषयमा लोकतान्त्रिक व्यवस्था र अङ्कगणितको खेलमा धेरै महत्त्व राख्ने उनको भनाइ थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा जनमत पार्टीका नेता चन्द्रकेश गुप्ताले गलत कामको समर्थन गर्न सरकारमा नगएको स्पष्ट पार्दे सरकारमा रहँदासम्म राम्रा काम गर्ने बताए । 

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव  भूपेन्द्र प्रसाद यादव, लुम्बिनी प्रदेश इन्चार्ज राजेन्द्र गुप्ता, लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री सुमन शर्मा रायमाझी, प्रदेश सभा सदस्य गीता गुरुङ लगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस