जीतसँगै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी

आइतबार, २७ फागुन २०८०, ०७ : २६
जीतसँगै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी । जीतसँगै आर्सनल इंग्लिस प्रिमियर लिग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राति ब्रेन्टफर्डमाथि २–१ गोल अन्तरको जीत निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।

आर्सनलको जीतमा डेकलन राइस र काई हाभेर्ट्जले एक–एक गोल गरे । खेलको १९औं मिनेटमा बेन ह्वाइटको क्रसमा हेडरमार्फत गोल गर्दै राइसले खेलमा आर्सनललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्त्यतिर ब्रेन्टफर्ड खेलमा फर्कियो । योआन विस्साले गोल गरेका हुन् ।

तर खेलको ८६औं मिनेटमा ह्वाइटकै पासमा हाभेर्ट्जले फ्री–हेडर प्रहार गर्दै गोल गरेर आर्सनललाई जीत दिलाए ।

यस जीतसँगै शीर्ष स्थानमा उक्लिएको आर्सनलको २८ खेलमा ६४ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुल दोस्रोमा छ । लिभरपुलको ६३ तथा तेस्रो स्थानको म्यानचेस्टर सिटीको ६२ अंक छ ।

प्रिमियर लिगमा आइतवार लिभरपुल र सिटीले एकअर्काको सामना गर्दैछन् । यसको विजेता फेरि शीर्ष स्थानमा पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस