पशुपतिनाथ मन्दिरमा पुगेर राष्ट्रपतिद्वारा पूजा अर्चना

सफल खबर संवाददाता

शुक्रबार, २५ फागुन २०८०, १८ : ४८
पशुपतिनाथ मन्दिरमा पुगेर राष्ट्रपतिद्वारा पूजा अर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा अर्चना गरेका छन् ।नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै पूजा अर्चना गरेका हुन् ।

शिवभक्तहरूले शिवरात्रिका दिन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा रातिदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।

यस वर्षको महाशिवरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।