विकास र समृद्धिका कामलाई तिव्रता दिन नयाँ सहकार्य फलदायी बनाउने निष्कर्षमा पुर्याएका छौंः महासचिव पोखरेल

सफल खबर संवाददाता

शुक्रबार, २५ फागुन २०८०, १२ : १४
विकास र समृद्धिका कामलाई तिव्रता दिन नयाँ सहकार्य फलदायी बनाउने निष्कर्षमा पुर्याएका छौंः महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर बनाएको नयाँ समीकरणलाई फलदायी बनाउनुपर्ने आज सचिवालय बैठकले निष्कर्ष निकालेको बताएका छन् ।

उनले भने, ‘आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ। त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसावले एमालेको तर्फबाट सकारात्मक योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुर्याएका छौं।

विकास र समृद्धिका कामलाई तिव्रता दिन नयाँ सहकार्य फलदायी बनाउनुपर्ने बैठकले निष्कर्ष निकालेको बताए।