नेकपा एमालेको प्रमुख सचेतकमा बर्तौला चयन

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, १५ : १४
नेकपा एमालेको प्रमुख सचेतकमा बर्तौला चयन

काठमाडौं। नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् ।पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरूलाई आज उक्त जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमवार नवगठित मन्त्रिपरिषद्‌मा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएका हुन् ।सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता छन् ।

 

प्रतिक्रिया दिनुहोस